पाल्पा– पाल्पाबाट ४ हजार ८ सय ३९ जना परिक्षार्थीहरु एसईईमा सहभागि हुदैछन् । जिल्ला शिक्षा कार्यालयका अनुसार पाल्पा जिल्लाका २६ केन्द्रमा २ हजार ४ सय ४९ छात्रा र २ हजार ३ सय ९० जना छात्रा गरी ४ हजार ८ सय ३९ जना परीक्षामा सहभागि हुँदैछन् ।
विगत दुई वर्षदेखि कोरोनाको कारण आन्तरिक मूल्यांकनबाट गरिदै आएको एसईई यस वर्ष भने लिखित नै हुनेछन् । परीक्षाको लागि आवश्यक केन्द्र छनौट र तयारी गरिएको शिक्षाका प्राविधिक सहायक बमबहादुर थापाले बताउनुभयो ।
यस वर्ष पाल्पाबाट फरक क्षमता भएका अपाङ्ग परीक्षार्थीहरु नभएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । प्राविधिक तर्फ २२१ जना ग्रेडवृद्धि तर्फ ५८ जना विद्यार्थीहरु सहभागि हुनेछन् ।













