पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले चोरी कार्यमा संलग्नलाई पक्राउ गरेको हो । प्रहरीले तानसेन–१२ लुहुङ्की दिपा पराजुलीको घरमा चोरी गरेको अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ । घरमा कोही नभएको अवस्थामा चोरी भएको पीडितको भनाइ रहेको छ ।
पक्राउ परेका विश्वकर्माको साथबाट मोबाइल एक थान, तीन हजार रकम र सुनका गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।














