माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पाल्पा जिल्लाबाट सहाभागी भएका बिद्यार्थीहरु मध्ये ६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पा जिल्ला भरिबाट जम्मा ३ हजार ७ सय २० जना परिक्षामा सहभागी भएका थिए ।शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार जिल्लाको ३ सामुदायिक विद्यालयका र १ नीजि विद्यालयले ४ जीपीए ल्याउन सफल भएका छन ।
रामपुर स्थित राम तुलसी नमुना माध्यमिक विद्यालयबाट २ जना, तानसेन स्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट १ जना र तानसेन कै न्यू होराईजन सेकेण्डरी स्कुलबाट ३ जना गरि जम्मा ६ जना बिद्यार्थीले ४ जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ ।रामतुलसी नमुना माविबाट विविशा घिमिरे र अनुजा श्रेष्ठ, देववाणी देववाणी संस्कृत तथा साधारण माविबाट शुलभ भट्टराई र न्यू होराईजन सेकेण्डरी स्कुलबाट निश्चल भण्डारी, कामना राना र दिया कार्कीले चार जीपीए ल्याउन सफल भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका बोम बहादुर थापाका अनुशार जिल्लाका १३९ विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी मध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेका छन् ।नियमित साधारण तर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक तशार र्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेको थापाले जानकारी दिनु भयो ।नतिजा अनुसार साधारण तर्फ ४ जीपीए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जीपीए ल्याउने २३२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५१ जना, २.८१ देखि ३.२० ल्याउने ७५३ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५३८ जना, २.०१ देखि २.४० जीपीए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या १ हजार ४ सय ४ रहेको छ । प्राविधिक तर्फ चार जीपीए ल्याउने विद्यार्थी शुन्य, ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६२ जना, २.८१ देखि ३.२० ल्याउने ६१ जना, २.४१ देखि २.८० जीपीए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेको छ ।












