राष्ट्रिय स्वतन्त्र पाटी पाल्पाले आज मानवतस्करी विरुद्ध जिल्ला प्रशासन कार्यालय पाल्पामा ज्ञापनपत्र बुझाएको छ । भिजिट भिसाको दुरुपयो तथा मानव तस्करी सम्बन्धी उच्चस्तरीय छानविन समिति गठनको माग राख्दै रा.स्व.पा.ले देशैभरका ७७ वटै जिल्लामा आज एक साथ ज्ञापनपत्र बुझाएको हो ।
हालैका दिनहरुमा हजारौं नेपाली नागरिकहरु भिजिट भिसाको नाममा अवैध रुपमा मानव तस्करीको शिकार बनिरहेका यथार्थहरु सार्वजनिक भैइरहेका छन् । अध्यामन कार्यालय,टाभल एजेन्सी,म्यानपावर कम्पनी,केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरुको संलग्नतामा युवाहरुलाई खाडीमुलुक हुदै गैरकानुनी तरिकाले तेस्रो मुलुकमा पुर्याउने जस्ता गतिविधिहरु नेपाली राज्यव्यवस्था,कानुनी शासन र मानव अधिकार माथिको गम्भीर प्रहार हो ।
रा.स्व.पा.ले यो विषयलाई संसदमा बारम्बार उठाउदै आइरहेको तर सरकारले वेवास्त गरेको भन्दै संघीय सरकारको ध्यानार्कषण गराउन आफ्ना केही मागसहितको ज्ञापन पत्र
जिल्ला संयोजक विष्णु भण्डारीको नेतृत्वमा रा.स्व.पा.पाल्पाका पदाधिकारी सहितको टोलीले जिल्ला प्रशासन कायालय पाल्पाका सिडियो तोयानाथ सुवेदीलाई शुक्रवार ज्ञापापत्र वुझाएको हो ।
ध्यानार्कषण पत्र यस्तो रहेको छ ः













