लोकप्रिय पाल्पाली सर्जक तथा लोकगायक यामु थापाले "रम्भादेवी पन्चेबाजा तालमा" बजारमा ल्याएका छन । लामो समय देखि नेपाली गीत संगीतमा सक्रिय रहेका यामु थापाले आफ्नो नयाँ गीत"रम्भादेवी पन्चेबाजा तालमा" यामु थापा युट्युव च्यानल मार्फत बजारमा ल्याएका हुन् । गीतमा लय शब्द सिर्जना यामु थापाको रहेको छ । उक्त गीतमा गायक यामु थापा र पाल्पाली लोक गायीका दिपिका बयाम्बु मगरले स्वर दिएका छन ।
पाल्पाको पुर्वखोला र रम्भा गाँउपालिकामा पर्ने जल्पा चुलिडाडा ,मैदान, रिमिघा, ताहुँको विभिन्न ठाउँमा गितको छायांकन गरिएको सोही गीतका म्युजिक भिडियो निर्देशक गोकुल सारुले जानकारी गराए । गितमा रनविर बराल र गङ्गा बारघरेको उत्कृष्ट अभिनय रहेको छ ।
पुरा भिडियो हेर्न लिंक क्लिक गर्नुहोस https://www.youtube.com/watch?v=YEixGQxIIwQ













