पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकामा एच पिभि डिएनए मार्फत पाठेघरको मुखको क्यान्सरको नमुना संकलन शिविर कार्यक्रम सम्पन्न भएको छ।
पालिका अन्तर्गतका रहेका वार्ड न ७ पालुङ स्वास्थ्य चौकि , वार्ड न ८ फेक स्वास्थ्य चौकि , वार्ड न ५ भैरवस्थान स्वास्थ्य चौकिमा वार्ड न ६ ठिमुरे स्वास्थ्य चौकिमा कार्यक्रम सम्पन्न भएको रिब्दिकोट स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारिले जानकारि दिनुभयो। प्रमुख अधिकारिले ग्रामीण भेगमा पाठेघरको क्यान्सरबाट अकालमा ज्यान जान नदिन यो कार्यक्रम प्रभावकारी रहेको साथै अशिक्षा र सचेतनाको अभावमा लजालु स्वभावले नेपालका ग्रामीण भेगमा पाठेघरको क्यान्सरले धेरै महिलाले ज्यान गुमाउनुपरेको छ यो कार्यक्रमले न्यूनीकरण गर्ने बताउनुभयो ।
अधिकारी ले रिब्दिकोटमा ३०० जनाको नमुना संकलन गरिएको समेत बताउनुभयो । रिब्दिकोट गाउँपालिकाले कार्यक्रमलाई प्राथमिकता दिएको र कार्यक्रमले महिलामा हुने नसर्ने रोग अन्तर्गतको पाठेघरको मुखको क्यान्सरको नमुना संकलनले पाठेघर नै फाल्नुपर्ने समस्यामा न्यूनीकरण हुने प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले बताउनुभयो।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा निस्दि,रैनादेवि,रिब्दिकोट माथागढि,तिनाउ,पुर्वखोला,बग्नासकालि गाउँपालिकाहरु र तानसेन नगरपालिकामा नमुना संकलन कार्यक्रम शिविर सन्चालन गरिएको हो।













