माथागढी गाउँपालिका वडा नम्बर २ रुप्सेका कृषकहरु तरकारी खेतीमा रमाउदैछन बेमौसी तरकारी खेती गरेर आत्मनिर्भर बन्न तम्सिएका कृषकहरु यतिबेला तरकारी खेतीलाई आफ्ना दिनचार्य बनाएका छन । रुप्से कै नमुना कृषक अनुभवी ८५ बर्षिय बयोवृद् बुवा बलराम रेग्मी देखि अहिलेका कान्छा २५ बर्षिय युवा तोप बहादुर ढेंगा तरकारी खेतीमा सक्रिय रुपमा लागेका छन। उसो त रुप्सेमा तरकारी खेती, पुष्प खेती, च्याउ खेती गरेर छुट्टै पहिचान बनाएका दामोदर घर्तीसंगै कृष्ण भट्टराई, गणेश रुचाल, टोपराज पौडेल, मधुसुजन कुमाल, केशब सारु, कमल सुर्यबंसी लगायत युवा जमात पनि तरकारी खेतीमा हौशिएका छन। णराज भट्टराई, मिना कोईराला लगायतले नियमित तरकारी खेती गर्दै आएका छन । रुप्सेमा भक्तपुरे काक्रा, फर्सीको मनटा चैत र बैशाख महिनामा उत्पादान भयो भनि जेष्ठ लागे संगै करेला, सिमी, बोडी, टमाट र खुर्रसानीको राम्रो बिक्री वितरण गर्न सफल भएको माडी कृषि सहकारीका सचिब एबम कृषक कृष्ण भट्टराई बताउछन । त्यो संगै किसानका घर घरमा उत्पादान भएका आप, लिच्ची र कटहर पनि बिक्री वितरण बजार पठाईएको सचिव भट्टराईले जानकारी दिनु भयो त्यसका लागि माडी कृषि सहकारीले तरकारी संकलन गरि किसानहरुलाई बजारीकरणमा सहज बनाउन सक्रियता पुर्वक लागेको समेत भट्टराईले जानकारी गराउनु भयो ।
माथागढ़ी गाँउपालिकाले पनि रुप्सेलाई तरकारी पकेट क्षेत्रको रुपमा बिस्तार गर्ने योजना बनाए अनुरुप प्रधानमन्त्री कृषि आधुनिकरणको नाममा १२ लाख बजेट बिनियोजन गरिएको वडा नम्बर २ का अध्यक्ष् बोम बहादुर ठाडाले बताउनु भयो साथै कृषि प्राबिधिक टोली संगै कृषकका घरघरमा गएर समस्या पहिचान गरि समाधान गर्न वडा कार्यालय सधै तत्पर रहेको समेत उँहाले बताउनु भयो । तरकारीका बिउ बिजन, फलफुल, धान, मकै, गंहू निशुल्क, सतप्रतिशत अनुदान, पचास प्रतिसत सम्म छुट हुने गरि सिंगो वडाबासी कृषकलाई उपलब्ध गराउदै आएको बताउदै बिशेष गरी युवा कृषकलाई प्रोत्साहन गर्न आफुले बिशेष ध्यान दिएको उँहाले थप्नु भयो ।
आफुहरुको समुहमा ४५ जना सदस्य रहेको त्यही समुहमा प्रधानमन्त्री कृषि आधुनिकरण योजना तरकारी खेती पकेट क्षेत्रको बिस्तारका लागि उपसमिति बनाई काम शुरु गरिएको उपसमितिका अध्यक्ष् गणेश रुचाल बताउछन। कृषक समुहलाई रुप्से वडा कार्यालय कृषि शाखाको सहयोगमा दुई दिने कृषि सम्बन्धी तालिम, ७ वटा हाते ट्याक्टर, स्प्रे , थोपा सिचाई ड्रम सेट, मेसिन, बिउ बिजन उपकरण समेत वितरण गरिएको अध्यक्ष् रुचालले बताउनु भयो । कृषक समुहलाई प्रोत्साहन गर्न अन्य कार्याक्रम आयोजना गर्न वडालाई सुझाव समेत दिनु भएको छ ।
सिजन अनुशारका तरकारी खेती गरेर मनग्य पैसा कमाएका रुप्से गैराबारीका कृष्ण कोईराला २०४८ साल देखि तरकारी खेती मै सक्रिय छन । आत्म सन्तुष्टी हो ठुलो कुरा खेतबारीमा चल्दा शरिर स्वस्थ र स्फुर्ती रहेको बताउदै साथै कृषक कोईराला भन्नु हुन्छ आफु त तरकारी खेती मै आत्मा निर्भर बनियो कहिल्यै बिदेशिनु परेंन । म मात्रै होईन परिवारै तरकारी खेती मै केन्द्रित छौ । छोराले पनि आफुलाई सघाईरहेको बताउदै ब्यबसाय तरकारी खेतीमा लाग्न अरुलाई पनि आग्रह गर्नु भयो ।
तरकारी खेतीमा श्रीमानलाई सघाउदै आएकी गीता घर्ति भन्छिन तरकारी खेतीमा आम्दानी राम्रै हुन्छ तर सिचाईको लागि पानीको मुख्य समस्या छ। घरमा चापाकल त गाडीयो तर पानी रातो आउछ त्यस्तो पानीलाई फिल्टर गर्न नेपालमा सम्भव छैन भन्ने सुनिन्छ यसबारे सहयोग गर्न वडा पालिकालाई आग्रह गर्नु भयो । सबै कुरा आत्म सन्तुष्टी हो श्रीमानले बैदेशिक यात्रालाई छोडेर यसैमा रमाउनु भएको छ, हामी परिवारै खुशी छौ । सिजन अनुशारका तरकारी, च्याउ र पुष्प खेती पनि गर्दै आएको उँहाले बताउनु भयो ।
माथागढी गाँउपालिकाका बिभिन्न वडाहरुमा तरकारी पकेट क्षेत्र घोषणा गरी कृषकहरुलाई सहयोग गर्दै आएको छ ।












