पोखरा ।
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णहुति भए सँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् । धेरैजसो भक्तजनले पहिल्य नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन् । अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिएका छ्न ।
गत महिना वैशाख १६ गते पोखरामा गंगाको जल सहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखिएको थियो । यज्ञमा विधिपूर्वक पुजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा केसीले जानकारी दिइन् । उनका अनुसार एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजादा २ हजार ५ सय रुपैया लाग्ने छ । आज नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।
कोटिहोममा आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सभहागि भक्तजनलाई कोटिहोमको प्रसाद स्वरुप नरिवल र स्याउ वितरण गरेका थिए ।
यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर भोलि देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैया तिरेर हवन कुण्डमा रहेका ईट्टा पनि घरमा लैजान पाइने व्यवस्था मिलाईएको छ ।
कोटिहोममा मधव प्रसाद कडेल, अन्जु कुमारी कडेल पोखरा ३३ बाट २५ हजार ५ सय ५५, सुर्य प्रसाद पौडेल विष्णु कुमारी पौडेल पोखरा १७ बाट २५ हजार १ सय २५, सकुन्तला राजकुमार समिक्षा गिरी पोखरा ८ बाट १५ हजार १ सय ५ संगिता थापा पोखरा १४ बाट ७ हजार ५ सय ५ रुपैया सहयोग प्रदान गरेका थिए ।
यसैगरी कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म ८ सय ८ जनाले रक्तदान गरेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिए । गत वैशाख २० गते बाट शुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उनले जानकारी दिए ।













