बासुदेव ढकाल
रामपुर नगरपालिकाको आयोजनामा वडा स्तरीय बाल भेला सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन अबलम्ब कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका–५ मा बाल भेला भएको हो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका ५ वटा विद्यालय र १२ वटा टोल स्तरीय बालक्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो । भेलाले शारदा प्रसाद श्रेष्ठको अध्यक्षतमा १३ सदस्य वडा स्तरीय बालक्वल गठन गरेको छ ।
भेलामा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बालबालिकाको भविष्यको आधार रहेको बताउँदै अधिकारको सदुपयोग गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।
वडा कार्यालको सभाहलमा भएको भेलामा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थी र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बालमैत्री स्थानीय शासन संगै बाल अधिकार तथा कर्तव्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा ५ वटा विद्यालय, १२ वटा बालक्लव तथा टोल विकास संस्थाका पदाधिकारी सदस्यहरु गरी १ सय ५० जनाको सहभागीता रहेको थियो । साथै कार्यक्रमकै अवसरमा १२ वटा टोलका बालबालिकाहरुलाई व्यामिण्टन, क्रिकेट, भलिबल र फुटबल, बैठक रजिष्टर र पेन गरी १ र १ सामग्री वितरण गरिएको थियो । रामपुर नगरपालिका ५ कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भएको थियो । भेलामा जंक फुट निशेधित गरी चिसो मही खुवाइएको थियो ।












