राष्ट्रिय न्युज ।
बासुदेव ढकाल- रामपुर नगर गौशाला रामपुर पाल्पाले आफ्नो परिचय सहित व्रोसर प्रकाशन गरि विमोचन समेत गरेको छ । नगर गौशाला स्थापनाको आवश्यकता यसको धार्मिक, सांस्कृतिक महत्व, र भावी योजनाहरु समावेश गरेर प्रकाशन गरिएको ब्रोसरको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गाईको संरक्षणसंगै यस क्षेत्रको धार्मिक महत्व र रामपुर नगरको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
गौशालाको महत्वको बारेमा जानकारी गराउनुका साथै प्रचार प्रसारका लागि समितिले ब्रोसर तयार गरेको रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो। उहाँले गौशालाको वर्तमान अवस्था र भावी योजनालाई समेटेर ब्रोसर तयार गरिएको जानकारी दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष एवं नगर गौशालाका सल्लाहाकार देवराज ढकालले गौशालाको विकासमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउनु भएको छ ।
कार्यक्रममा नगर गौशाला कानुनी सल्लाहाकार एबं व्रोसर प्रकाशन समितिका संयोजक लेखनाथ शर्मा मरासिनीले ब्रोसरमा समेटिएका विषय वस्तुको बारेमा जानकारी गराउनु भएको थियो । नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र सहसचिव लक्ष्मीदेवी ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।













