बिकाश काफ्ले ।
आयुर्वेद औषधालय चिदीपानीको आयोजनामा नागरिक आरोग्य अभियान सञ्चालन कार्यक्रम सम्पन्न भएको छ । माथागढी गाउँपालीका वडा नम्बर १ चिदीपानी एक्लेबर स्थित ज्ञानोदय आधारभूत बिद्यालयमा सञ्चालित कार्यक्रममा ८७ जनाको उपस्थिति रहेको थियो ।
नागरिक आरोग्य अभियान कार्यक्रममा प्रशिक्षण चिदीपानी आयुर्वेद औषधालयका औषधालय प्रमुख डा. श्रीधर अधिकारी र बैद्य निरिक्षक अमृत भण्डारीले स्वास्थ्य जीवन शैली सम्बन्धि सचेतना योगको बारे जानकारी दिनुका साथै स्वास्थ जीवनशैली सम्बन्धि सचेतना घर वरिपरिका जडिबुटी र यिनको उपयोगको सम्बन्धमा जानकारी गराउनु भएको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष राजकुमार पन्थीले नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा स्वच्छ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिने नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय तहसंगको सहकार्य र आम नागरिकको स्वास्थ्यमा ध्यान राखि संचालन गरिएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्य लिला बिक लगायतले पहिला पहिला सर्ने रोगको बिगबिगी रहेको अहिले नसर्ने रोगले जनमानसमा जरा गाडेको छ यस्लाई निर्मुल पार्न आयुर्वेद जीवन शैली अपनाउनु पर्ने बताउनुभएको थियो।
ज्ञानोदय आ।बि प्रधानाध्यापक बिजयदिप पन्थीले आफ्नो बिद्यालयमा कार्यक्रमको लागि छनोट गरेकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रम चिदीपानी आयुर्वेद औषधालयका प्रमुख डा। श्रीधर अधिकारी अध्यक्षता, अमृत भण्डारी स्वागत र बिकाश काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।













