पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–४ झडेवास्थित जङ्गलमा एक मृत पुरुष फेला परेका छन् । माथागढीको झडेवास्थित जङ्गलको खोल्सामा आज दिउँसो ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सार्की ५ दिन अघि आफन्तको घरमा गएको र मंगलबार आफन्तको घरबाट फर्किएको भनिए तर उनी साँझ अबेरसम्म पनि घरमा नगएपछि परिवारले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा बुधबार दिउँसो जङ्गलमा मृत अवस्थामा भेटिएको थिए र प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरेपछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












