राष्ट्रिय न्युज ।
पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।
अभिभावकहरुले विद्यालय प्राङ्गण मै पुगेर विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद, जस्ता नारा लगाएका थिए।
अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि ज्ञानोदय आधारभूत विद्यालयका पठनपाठन सुरु गरिएको वडा नम्बर १ का अध्यक्ष एबम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
उहाँले विद्यार्थीहरूप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको भन्दै आन्दोलन पछि अभिभावक, विद्यार्थी र शिक्षकहरू बोलाएर विद्यालय खोल्ने विषयमा छलफल भएपछि पठन पाठन सुरु भएको बताउनु भयो ।अभिभावकहरूले बच्चाहरूको पढाई बिग्रिएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताउनु भएकोछ।













