राष्ट्रिय न्युज ।
पाल्पा, जिल्लाको रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडकमा दुई गाडिसहित ११ गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा गाडी र गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअप गाडीलाई केलादीको प्रहरीटोलीले चेकजाँच गर्ने क्रममा गोरुसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । उनका अनुसार चेकजाँच गर्दा पिकअपमा ६ वटा गोरुहरु क्षमता भन्दा बढी कोची घाउ चोट लाग्ने गरी निर्दयीपूर्वक यातना दिई ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको बताउनु भयो ।
चालक मकवानपुर हेटौडा उप– महानगरपालिका– १७ का २८ वर्षीय सिशान थिङ र बारा जितपुरसिमरा उप–माहनगरपालिका– २ का २२ वर्षीय महेश भोलान प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













