पाल्पा - माथागढी गाउँपालिकाको आयोजनामा माथागढी गा.पा.वडा नं. १ चिदीपानीको वडा कार्यालयको भवनमा आत्महत्या न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण, नसर्ने रोग तथा मानसिक रोग सम्बन्धि सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा माथागढी १ २ र ३ का जनप्रतिनिधी बिद्यालयका शिक्षक, सहकारी संस्थाका प्रतिनिधी, स्थानीय संचारकर्मी, परम्परागत उपचारमा संलग्न ब्यक्तीहरु कार्यक्रममा सहभागी हुनुभएको थियो ।
नसर्ने रोगको बढ्दो प्रकोप दर, मानसिक स्वास्थ्य, सडक दुर्घटना र आत्महत्याको कारण समाज प्रभावित भएको, नसर्ने रोगको उपचार धेरै खर्चिलो, जीवन भर उपचार गर्नुपर्ने झन्झट र यसले स्वयम तथा घरपरिवारमा पर्ने असरलाई कम गर्न, यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम का प्रमुख अतिथि माथागढी गाउपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।सहभागीहरु समुदायका अगुवा भएकोले ।आत्महत्या, सडक दुर्घटना न्यूनिकरण, सर्ने तथा नसर्ने रोगका बिषयबस्तुमा जानकार भई समाजमा सचेतना फैलाउन भुमिका निर्वाह गर्नुपर्ने माथागढी १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो।
कार्यक्रम माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक राजकुमार पन्थी को अध्यक्षता, गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी ज्युको प्रमुख आतिथ्यता का.पा.सदस्य तुल्सा न्यौपाने, वडा नं. १ का वडा सदस्यहरु डुकुल गाहा, टोल बहादुर मस्राङी, लिला कुमारी बि.क. वडा नं. २ को वडा सदस्य यानसिं थापा लगायतको आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण मेडिकल अधिकृत डा. विवेक पौडेल, स्वास्थ्य शाखा प्रमुख केशव जि सि, प्रहरी सहायक निरीक्षक चुरामणी अधिकारी लगायतले सहजीकरण गर्नुभएको थियो ।












