बासुदेव ढकाल माघ २५ रामपुर पाल्पा।
राम्चे सामुदायिक वन उपभोक्ता समूह रामपुर ५ पाल्पाकाे
४७ औं उपभोक्ता भेला तथा १२ औं अधिवेशन सम्पन्न भएकाेछ। भेलाले विष्णुप्रसाद बस्यालकाे अध्यक्षतामा १३ सदसिय नया समिति निर्विरोध चयन गरेकाेछ । जसकाे उपाध्यक्षमा खड्क प्रसाद श्रेष्ठ ,सचिव विमला रूचाल,सहसचिव जीत बहादुर थापा,काेषाध्यक्ष ऋतुमान श्रेष्ठ र सदस्य हरू विष्णु माया श्रेष्ठ ,हेमकला श्रेष्ठ ,डिलमाया नेपाली फुलमाया श्रेष्ठ ,कुविजा अधिकारी ,कृष्णप्रसाद वाग्ले ,जेदुनाथ पाैडेल र लक्ष्मी लम्साल चयन भएकाछन।
भेलाले विन्दु श्रेष्ठ संयाेजक रहेकाे ३ सदसिय लेखा अनुगमन समिति चयन गरेकाेछ।जसकाे सदस्यहरूमा पिताम्वर भण्डारी र शंकर प्रसाद पाैडेल चयन भएका छन। नव निर्वाचित समितिलाई निर्वाचन अधिकृत तथा सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख मेघनाथ काफ्लेले पद तथा गाेपनीयताकाे सपथ खुवाउदै सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे । कार्यक्रममा सस्थापक अध्यक्ष एवं सल्लाहकार नगिलाल पाैडेल, निवर्तमान अध्यक्ष दयाराम गैह्रै,सल्लाहकार सरस्वति डाेटेल,रामप्रसाद भण्डारी र निर्वाचन मण्डल सदस्यलेखनाथ शर्माले शुभकामना मन्तब्य दिनुभएकाे सपथ ग्रहण तथा शुभकामना प्रदान कार्यक्रमकाे संचालन निर्वाचन मण्डल सदस्य बासुदेव ढकालले गर्नु भएकाे थियाे ।
राम्चे सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दयाराम गैह्रेकाे अध्यक्षतामा भएकाे साधारण सभाकाे लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ उद्याेग तथा पर्यटन विकास समिति सभापति राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नु हुँदै साधारणसभा तथा अधिवेशन सफलताकाे शुभकामना दिनु भएकाे थियाे।
काेषाध्यक्ष विन्दु श्रेष्ठ स्वागत गर्दै १लाख ९ हजार ६सय बराबरको आम्दानी र खर्च सुनाउनु भएकाे साधारणसभा सभाकाे संचालन सचिव राधिका भण्डारीले गर्नु भएकाे थियाे।
३ सय २७ घरधुरी उपभोक्ता रहेकाे राम्चे सामुदायिक वन २०४७ सालमा समुदायमा हस्तान्तरण भएकाे पाल्पा जिल्लाकाे पहिलाे सामुदायिक वन हाे।













