बासुदेव ढकाल माघ २३, रामपुर-
चाैथाे रामपुर महोत्सव तथा व्यापार मेला २०८१को अवसरमा भएको लोकदोहोरी प्रतियोगिताको उपाधिमा नमस्ते होटल पाल्पा समूह प्रथम भएको छ। गत माघ १७ देखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेल- पाल्पाले प्रथम पुरस्कार ५१ हजार १ सय ११ रूपैया राशि चेक र प्रमाणपत्र हात पार्न सफल भएकाे हाे ।नमस्ते होटलको प्रतियोगी दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतिस्पर्धा गर्नु भएको थियो ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान द्वितीय स्थान हासिल गरेको छ। प्रतियोगी सुमन थापा र सिमा सारुले प्रतिनिधित्व गर्नु भएको राष्ट्रिय लोक तथा गित प्रतिष्ठान पाल्पाले द्वितीय स्थान संगै ३१ हजार १सय११ र प्रमाण पत्र हात पार्न सफल भएकाे हो ।
प्रतियोगिताको तृतीय स्थान छनौटका लागि भएको प्रतिस्पर्धामा पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अंक प्राप्त गरि दुवै समूहले तृतीय स्थानमा विजयी घाेषणा गरिएकाेछ। तोयानाथ वि.क. र विपना खनालले प्रतिनिधित्व गर्नु भएको पृथ्वी टेलिभिजन र विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गर्नु भएको श्रीनगर होटल रामपुरले २१ हजार १सय११ रूपैया र प्रमाणपत्र प्राप्त गरेका छन।
आठ समूहको सहभागीता रहेको प्रतियोगितामा स्याङ्जा चापाकोटकी मनिषा पोखरेल लाई उत्कृष्ट गायिका र लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्जाका सुदिप सापकोटा लाई उत्कृष्ट गायक घोषित गरि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको दोहोरी गित प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिनुभयो । प्रतियोगिताको मूल्यांकन संयोजकमा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक दुर्गा रायमाझी रहनु भएको थियो ।
प्रतियोगिताका विजेता समूहलाई रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ लगाएत पदाधिकारीहरुले चेक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
प्रतियोगिताको अवसरमा दोहोरी गितमा साथ दिने अन्य कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । महाेत्सवमा माघ २३ गते गाएक प्रकाश दुतराज सहितका ख्याति प्राप्त कलाकारहरूकाे प्रस्तुति रहने संस्कृति उपसमिति संयाेजक दिपक के सिले जानकारी दिनुभयाे ।हजारौं दर्शककाे उपस्थिति रहेकाे महोत्सवको आठौं दिनसम्म ३ लाख ८३ हजार बराबर मुल्यकाे टिकटहरु कटानि भएको थियो ।।आगामी माघ २७ सम्म हुने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र दोहोरी गायन समेत रहदै आएको छ।













