सुमित्रा कंडेल,पाल्पा-
तानसेन नगरपालिकाको आयोजनामा दलितहरुको लागि क्षमता विकास तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
दलित सशक्तीकरण तथा दलित अधिकार बारे १ दिने क्षमता अभिवृद्धि कार्यक्रममा नगरपालिकाका दलित अगुवाको सहभागी रहेको थियो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले दलितहरुका लागि प्राप्त हुने विभिन्न अवसरहरुको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
संविधानले सबै जातजाति, भाषाभाषी, लिंग, धर्म, वर्ण समुदायको अधिकारलाई सुनिश्चित गरेकोले संविधानको कार्यान्वयनको लागि नागरिकले स्थानिय स्थरबाटनै आवाज उठाउनु पर्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताउनुभयो । कोहि मान्छे आफै दलित हुदैन उसलाई दलित बनाईको हो यसको अन्त्य गर्न सबै एक जुट भएमा यसको अन्त्य हुने उहाँको भनाइ थियो ।
त्यस्तै कार्यक्रमको सम्बोधन गदै प्रमुख अथिति तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जातको आधारमा सानो ठुलो भनेर हेप्नु भन्दा कामको आधारमा शिप श्रमको उचित मूल्यकन गर्नु पर्नेमा जोड दिनु भयो ।नगरपालिकाले हरेक वर्ष दलित लक्ष्यित कार्यक्रम र बजेट विनियोजन गरेको समेत बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालिले विभेदका अवशेष अझै पनि समाजमा यथावत रहेकोले त्यसलाई पुर्ण रूपमा हटाउनका लागि सचेतना र क्षमता विकास तालीम आवश्यक महसुस गरेर तालिम आयोजना गरेको बताउनुभयो ।उहाले दलित समुदायहरुले आफ्नो मानसिकता,चेतना,आनिबानि र व्यहवारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो । शैक्षिक र आर्थिक रूपमा समृद्द बन्नका लागि कुनै न कुनै उत्पादनसंग जोीडन आग्रह गर्नुभयो ।
दलितहरुको अवस्थाको विश्लेषण , स्थानीय तहले दलित समुदायको सामाजिक न्यायको लागि चाल्नु पर्ने कदमहरु , दलितहरुको अवस्था विश्लेषण, दलितहरुको मुख्य समस्या र चुनौती ,दलित अधिकारका लागि भएका कानुनी व्यवस्थाहरु स्थानीय तहमा के के छ्न , दलितहरुको सशक्तीकरण , क्षमता विकासको लागि स्थानीय तहले के के कुरा गर्न सक्छ्न व्यवहारिक योजनाको विषयमा कृष्ण दर्नालले सहजिकरण गर्नुभएको थियो।
कार्यक्रमका उपस्थित प्रशिक्षार्थीहरुलाई प्रदेश सरकारले बनाएको दलित सशक्तीकरण ऐनको बारे , जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन , संविधानले दिएको हक अधिकार , नगरपालिकाले दलितको लागि गरेको व्यवस्था , दलितको सामाजिक न्याय , सामाजीक स्वतन्त्रता , सामाजिक परिवर्तन तथा दलित सशक्तीकरण , राजनीति , शैक्षिक र आर्थिक विषयमा कृष्ण गहतराजले सहजिकरण गर्नुभएको थियो।
नेपाल सरकार , प्रदेश सरकार र स्थानीय सरकारले दलितलाई दिईने सेवा सुविधाको बारमा समेत छलफल गरेको छ।अहिलेसम्म नगरपालिकाले दलितको लागि कुनै ठोस योजना संचालन नगरेको दलित अगुवाहरुको गुनासो गरेका थियो। नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै सहभागिहरुले संचालन भएको क्षमता अभिवृद्धि तालिम अन्यन्तै प्रभावकारी भएको कार्यक्रमले हौसला प्रदान गरेको बताएका छ्न ।













