पाल्पा-
समृद्धिका लागी सञ्चार कर्म , प्रेस चौतारीको मुल मर्म भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पा जिल्ला साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो। प्रमुख अतिथि बस्नेतले बोल्दै पाल्पाको प्रेस चौतारी इतिहास संगै चौतारीको श्रेष्ठताका बिषयमा बोल्नु भएको छ । सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी तत्थको आधारमा सत्य स्थापित गर्न प्रेस चौतारी लाग्नु पर्ने बताउनु भएको छ ।
सरकारले ल्यायको नियमन पत्रकारीता र पत्रकारका लागी होइन अनियन्त्रीत दौडिएको सामाजिक सन्जाललाइ नियमन नगरी नहुने देखिएको बताउदै विद्ययकमा त्रुटी भए चौतारी अगाडि लाइनमा आन्दोलन गर्ने समेत जानकारी गराउनु भएको छ । राज्य व्यवस्था अनुगमन निरीक्षण तथा ठाकुर गैरेले बोल्दै पछिल्लो समय ठुलो मिडिया लगायत मिडियाहरु सङ्कटमा रहेको भन्दै भ्रामक , तथ्य बिहिन , आधार हिन समाचार र सामाजिक सन्जालले जित्दै जादा यस्तो अराजकता अन्त्यकालागी नितिगत नियमन निकाय आबश्यक रहेको बताउनु भएको छ ।
शुभकामना दिदै नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बोल्दै बढ्दो अराजकताले अहिले समाजलाइ कतालाने हो भन्दै उहाँ पछिल्लो समय नेपालीले बिरोध गर्दै आइरहेको भएकोले हुन सक्छ जे कोपनि जस्को पनि बिरोध गरेको पाइन्छ भन्दै अराजकता अन्त्यका लागी यो चौतारी सफलता तर्फ जावस भन्नु भएको छ उहाँ एक फरक प्रसङ्गमा अहिले सरकार ८४ सम्मै जाने बताउनु भएको छ ।
नेकपा एमाले केन्द्रिय सल्लाहकार मेघराज शर्माले पत्रकारहरुले अहिले छाडापन आफैले पत्रकारहरुले नै हटाउन पर्ने भन्दै शर्माले समानुपातिक बिज्ञापनका कुरा व्यावहार नभएको भन्दै जसले चाप्लुसि गर्छ उसले बिज्ञापन पाउने स्वच्छ पत्रकारीता गर्नेले नपाएको समेत जिकिर गर्नु भएको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीले सुशासनका लागी बिकास, भ्रष्टाचार, बेथितिका विरुद्ध पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिनु भएको छ । पुर्वखोला गाउँपालीकाका अध्यक्ष नुन बहादुर थापाले राज्य, सम्बिधान र व्यवस्था प्रति अहिलेको आक्रमणलाइ मिडियाका माध्यमबाट सकारात्मक भुमिका निर्वाह गर्दै खोजि पत्रकारीता गर्दै लुकेर रहेका सम्भावनालाइ बाहिर ल्याउन पर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष कमलराज तिमिल्सिना , प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्याल लगायतले आफ्नो शुभकामना दिनु भएको छ । वक्ताहरुले बोल्ने क्रममा पत्रकारीता नयाँ अनुहार आउन नसकेको साथै पत्रकारीताको बिकासका लागी नयाँ ढंगले लाग्नु पर्ने बताउनु भएको छ।
प्रेस चौतारी नेपाल पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेलको स्वागबाट सुरु गरीएको साधारणसभाको अध्यक्षता नेपालका अध्यक्ष कृष्ण कार्की र सन्चालन सचिब नारायण न्यौपानेले गर्नु भएको हो । कार्यक्रममा सहयोग गर्नेलाइ सम्मान र स्वास्थ पत्रकारीता गर्ने सन्तोष ज्ञवालीलाइ सम्मान गरीएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ पुन कृष्ण कार्कीको अध्यक्षतामा १३ नया कार्यसमिती गठन गरेको छ।
जसको उपाध्यक्षमा शोभाकान्त पाठक, रिमा सोमै,सचिवमा दयाराज न्यौपाने सहसचिवमा भुवन रायमाझी कोषाध्यक्षमा नेत्र गैरे सदस्यमा खेमराज पाण्डे, जनक राज भट्टराई, सुवास विसी, गुणवती केसी प्रेम वाकावल, खुम बहादुर पौडेल, सुमित्रा कंडेल, प्रदेश प्रतिनिधीमा गिता ज्ञवाली, नवराज ज्ञवाली र केन्द्रिय प्रतिनिधीमा बन्दना पोखरेल, सन्तोष बस्याल, टिकाराम बस्याल निर्विरोध निर्वाचित हुनुभएको छ।













