
सरस्वती माता मसँग उग्र रिसाउनुका प्रमुख १४ कारणहरु:-
१) सानो छँदा अत्यधिक मात्रामा विद्यानष्ट कसम खानु ।
२) ठूलो भएसी हाँस (माताको बाहन) को छोइलालाई सितनको रुपमा नियमित प्रयोग गर्नु ।
३) साप्ताहिकको ब्लो अप पृष्ठको अर्थात् गाता नलगाकी केटीको गाता किताबमा लगाउनु ।
४) अक्सर माघको मघ्यतिर पर्ने सरस्वती पूजाको दिन ननुहाइकन पूजा गर्नु ।
५) सरकारले लक्ष्मी पूजाको दिन सार्वजनिक बिदा दिन्छ तर सरस्वती पूजाको दिन दिंदैन, त्यसैले विद्याभन्दा धन ठूलो हो भन्ने कुतर्क गर्नु ।
६) वीणाभन्दा गितारप्रेमी हुनु ।
७) सरस्वती मातालाई वर्षमा एकदिन तर सरस्वती र पूजालाई वर्षदिन सम्झिनु ।
८) पछिल्लो समयमा सरस्वती माताको भन्दा च्याट जिपीटी र डिपसिक काकाहरुको पछि लाग्नु ।
९) ऊ बेला सरस्वती पूजाको दिन सरस्वती माताभन्दा पनि बुनियाँ बढी सम्झिनु ।
१०) एउटी गर्लफ्रेण्डको नाम सरस्वती भए पनि मैले सरु भनेर बोलाउनु ।
११) परीक्षाको बेला मात्र सरस्वती मातालाई सम्झिनु, बाँकी समय फेसबुक स्क्रोल गर्नमै व्यस्त रहनु।
१२) कलम र पुस्तकलाई पूजा गर्नुको सट्टा अन्य कुराको पुजा गर्नु।
१३) “विद्या ददाति विनयं” भन्ने मन्त्र पढेर पनि कमेन्ट सेक्सनमा उग्र वाकयुद्ध गर्नु।
१४) सरस्वती माताको मूर्तिसँग सेल्फी खिचेर स्टोरी हाल्नु ।
#CP

