बासुदेव ढकाल रामपुर पाल्पा-
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नाराका साथ आज देखि सुरु भएकोछ ।रामपुर उद्याेग वाणिज्य संघकाे आयाेजनामा भएकाे चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेलाकाे प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहि रहनु भएको छ । मन्त्री शाहिले कार्यक्रम उद्घाटन गर्नु हुदै उद्योग व्याबसाय नफष्टाएसम्म आर्थिक समृद्धि नहुने भन्दै कृषि, पर्यटन, घरेलु उद्योग नै प्रबर्द्धन गर्नु पर्नेमा जोड दिनु भएकोछ। बनमा करौडौ का काठ कुहिए गएका छन । निति परिवर्तन गरेर भए बेच्ने र किन्ने वातावरण मिलाउन आफुले प्रयत्न गर्ने बताउनु भएको छ । उहाँले भौगोलिक रुपमा सुन्दर रामपुर उपत्यकाको बिकासमा यस्ता महोत्सवहरुले टेवा पुर्याउने बताउदै निजि क्षेत्रका लगानी बिना आर्थिक समृद्धि असम्भव भएकोले सबै मिलेर निजि क्षेत्रलाइ लगानी मैत्री बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
रामपुर उद्याेग वाणिज्य संघका अध्यक्ष एवं महाेत्सव मूल आयाेजक समिति अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालले स्वागत सहित मेला आयाेजना गर्नुकाे उदेश्य माथि प्रकाश पार्दै उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, यहाँका कला संस्कृतिको पनि जगेर्ना गर्नेुका साथै यहाँका व्यावसायिक सम्भावनाको उजागर गरी राष्ट्रिय स्तरमा पुर्याउनुको साथै बहुउद्देश्यीय भवन सम्पन्न गर्ने रहेको जानकारी गराउनु भएको छ ।
राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मि गैरेले बोल्दै कालीगण्डकी डाइभरसन गरेर अन्यत्र लैलाने होइन, यसै क्षेत्रका भुमि सिंचाइ मा उपयाेग गर्नुपर्ने भन्दै बिश्वमा एक मात्र शालिकराम पाइने काली नदि डाइभर्सन गर्न नहुने मा जोड दिनु भएको छ । उहाँले साना पाटी सक्काउने सोचले अबैध रुपमा ल्याइएको अध्यादेश जनताको पक्षमा नभएको बताउनु भएको छ ।
प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समिति सदस्य राजु प्रसाद श्रेष्ठ , प्रदेश सभा सदस्य एब पुर्ब प्रदेश मन्त्री बिर बहादुर राना ,जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल , रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापा , जिल्ला प्रशासन कार्यालयका प्रमुख तोयानारायण सुबेदि, नेपाली काङ्ग्रेस पाल्पाका अध्यक्ष हिमाल दत्त श्रेष्ठ , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशाल श्रेष्ठ , बिपि प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सन्दीप राना नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन श्रेष्ठ लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघ कार्यबाहक अध्यक्ष कुल प्रसाद न्यौपाने , तानसेन उद्योग वाणिज्य संघका अध्यक्ष सैलेन्द्र भट्टराई , राष्ट्रिय लोकदोहरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापा , नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला उपाध्यक्ष बन्दना पोखरेल लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।
रामपुर नगरपालिका संरक्षक रहेकाे मेला समुद्घाटनका अवसरमा रामपुर उद्याेग वाणिज्य संघकाे भवनबाट निस्किएको झाँकी बेझाङ बजार परीक्रमा गर्दै कार्यक्रम स्थलमा पुगेको थियो । गण्डकी बेशिको रामपुर क्षेत्रका कला सस्कृति झल्कले झाकि,विभिन्न जातिय भेषभुषा, पन्चै बाजा, नेवार समुदायको लाखे नाच ,मगर र गुरुङ समुदाय कौरा, नाच, घाटु, मारुनि जस्ता नाच साथै विद्यालय , संघ सस्था , आमा समुह, क्लब कृषि समुहहरुको उपस्थित रहेको थियाे। यस क्षेत्रको दश अबतार बालन , स्काउट ब्राह्मण समाजले आफ्नो कला प्रदर्शन गरेको थियो ।
त्यस्तै आज नै राष्ट्रिय लोक दोहोरो प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रीता थापाको साङ्गीतिक प्रस्तुति रहेको थियो । कार्यक्रमको सन्चालन उद्योग वाणिज्य संघका महासचिव पुर्सोत्तम केसीले गर्नु भएको हो ।













