काठमाडौ । पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका फेक ८ ताल्तुङ्गका अधिवक्ता तथा लेखक निराज खड्काद्वारा लिखित पुस्तक´नार्कोलोजी`को बिमोचन नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा सम्पन्न भएको छ। पुस्तक नेपालमा लागु औषधको अवस्था कानुनी ब्यवस्था र सम्बोधनका सवालमाहरु माथि परिचर्चा गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पुर्व अध्यक्ष , सर्बोच्च अदालतका पुर्व प्रधान न्यायाधीश खिलराज रेग्मिले स्वस्थ समाज निर्माणमा सबैले बरोबर सामाजिक उत्तरदायीत्व लिएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाल्पा क्षेत्र नं २ का संघीय सांसद ठाकुर गैरे, संघीय संसदका महासचिव पदम पाण्डे,पुर्व मन्त्री सोम प्रसाद पाण्डे, पुर्व सांसद कुल प्रसाद नेपाल, वरिष्ठ अधिवक्ता भोजराज आचार्य ,बिष्णु खत्री , केशब आचार्य लगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो । साथमा लेखक तथा समीक्षक शुभाष चन्द्र पोखरेलले पुस्तकको विषयबस्तुमै केन्द्रित रहेर पुस्तकको शक्ति र सीमा बारे समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
पेशाले अधिवक्ता ,समाजसेवि तथा लेखक निराज खड्काले उक्त पुस्तक लेखनको अन्तर्य र औचित्यबारे औंलाउनु भएको थियो । नार्कोलोजि पुस्तक सन्देस मुलक ,बर्तमान समयमा पुस्तकले युवा पुस्तालाई सचेतना जगाउने भुमिका खेल्ने देखिन्छ साथै पुस्तक लागु औषधको दुर्व्यसन र पर्ने नकारात्मक प्रभावमा केन्द्रित छ । उक्त कार्यक्रमको संयोजन पाल्पालि संगमले गरेको थियो।













