नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा आज भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतिका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो । घाइतेहरुको भर्खरै उद्धार कार्य सकिएको जानकारी समेत दिनु भयो । घाइतेहरुलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको जानकारी दिनुभयो। दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्री बोकेकाले प्रहरीको अनुमान छ । मृतक तथा घाइतेहरुको विवरण भने अहिले प्राप्त नभएको बताए ।













