असोज १६,पाल्पा
देसभर मनसुन सक्रिय हुदा धेरै धनजनको क्षेति भएको छ । देसको विभिन्न जिल्ला देखि भित्री सडक जोडिएका सबै बाढि पहिरोले निकै कष्टकर र जोखिमपूर्ण बनेको छ । यस्तै पाल्पाको आर्यभन्जिङ, ताहुँ ,बिर्कोट हुदै रामपुर जोडिएको सडक पहिरो गए पनि तिनै तहको सरकारले नहेरेको स्थानिय बासि गणेश रानाले बताएका छन् । यो सडक जिल्लाको माथागढी गाउँ पालिका,रम्भा गाउँ पालिका, पूर्वखोला गाउँ पालिका साथै रामपुर नगरपालिका गरि चार वटा स्थानीय सरकार जोडिएको सडक हो तर पनि यसतर्फ कसैको ध्यान नगएको र जोखिम मोलेरै भएपनि यातायातका साधन चलाउनु परेको चालक नवीन श्रेष्ठले बताउछन् ।
चाडपर्व नजिकीदै गर्दा सडकमा सवारीसाधनको चाप पनि वढि हुने गर्दछ, यता सडकमा झरेको पहिरो लामो समय सम्म् पनि नहटाउदा पहिरोमा सागुरो वाटो बनाउदै जोखीम मोलेर सवारी सन्चालन गरीरहेको स्थानिय दुर्गा सारुले बताएका छन् ।
सरोकारवालाले समयमै राजमार्ग मात्र नभई भित्री सडकका पहिरोलाई पनि विशेष ध्यान दिनु पर्ने देखिन्छ ।













