१७ असोज, । दशैं घरमा आज घटस्थापना पुजा तथा जमरा रोपी मनाइएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राख्ने शुभ साइत रहेको थियो
घटस्थापनाका दिन बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ रोप्ने प्रचलन रहेको छ ।
आज छरिएको जौको अंकुरण (जमरा)लाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।













