पाल्पा १३, असोज
देशैभर बाढीपहिरो र डुबानमा परी गृहमन्त्रालयका अनुसार हालसम्म १०० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण हाल सम्म ६७ जना बेपत्ता छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार काठमाडौंमा १२, ललितपुरमा २०, धादिङमा १५, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५, भक्तपुर ५ जनाको मृत्यु भएको छ । यस्तै, दोलखामा ३ सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको छ ।













