
सुमन कार्की पाल्पा ।
जिल्ला क्रिकेट संघ पाल्पाले आफुनो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
जिल्ला खेलकुद समिति पाल्पाका अध्यक्ष दिपक घिमिरेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीले पछिल्लो समय क्रिकेट खेल हराउदै गएकोमा यसलाई जिवन्त राख्न खेलकूद समिति र आफु स्वयमंलागी परेको वताउनु भएको छ । क्रिकेट खेलमा पनि भविस्य रहेको वताउदै क्रिकेट प्रति लगाभ र रुचि भएकाहरुले खेललाई निरनर्तता दिन अनुरोध समेत गर्नु भएको थियो ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल,जिल्ला क्रिकेट संघ पाल्पाका पूर्व अध्यक्ष उपेन्द्र नेपाल लगाएतले पाल्पा जिल्ला पनि क्रिकेटमा संभावना बोकेको क्षेत्र भएकाकारण यस तर्फ स्थानिय निकाय देखि सम्बन्धीत सवै सरोकारहरु पनि लागी पर्नु पर्ने वताउनु भएको थियो । जिल्ला क्रिकेट संघ पाल्पाका सचिव विनोद नेपालको अध्यक्षता तथा सदस्य पूर्णराज शाक्यको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
