पाल्पा ६,असोज ,
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.पाल्पा तानसेनले आफ्नो ७औं वार्षिक उत्सव मनाएको छ । यस पटक भने सस्थाले एउटा नौलो किसिमले आफ्नो वार्षिकोत्वस मनाएको हो । वार्षिकोत्वसमा समूदाय संग सँगै कदम भन्नेनारा सहित तानसेन १ भुसलडाँडामा रहेको नीलसागर सेवाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेर मनाएको शाखा प्रबन्धक संगीता ढुङ्गाना पछाईले जानकारी दिनु भयो । सेवाश्रममा रहेका १९ जना वृद्धवृद्धा तथा २ जना वालक गरि २१ जनालाई जाडोमा लगाउने हुडी र स्वीटरका साथै फलफूल समेत वितरण गरिएको प्रबन्धक ढुङ्गानाले वताउनु भयो ।
हरेक समूदायको शुख दुखमा आफुहरुपनि साथ र सहयोग रहने भन्दै यस्ता कार्यक्रमहरु फेरी फेरी पनि गरिने प्रबन्धकले वताउनु भयो । वार्षिक उत्सवमा हुने फजुल खर्चलाई कमगरि यस्ता सहयोगहरुमा हात वटाउने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.तानसेन पाल्पा शाखाको भनाई छ ।














