पाल्पा – विभिन्न दलहरूकाे आह्वानमा भएकाे बन्दले पाल्पाकाे जनजीवन प्रभावित बनेकाे छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा गरिएकाे बन्द आह्वानले पाल्पामा सवारीसाधन संचालन हुन सकेका छैनन् ।
विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वान गरेको हाे । एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हाे । उनीहरूले राष्ट्रघाती संम्झाैता कुनैपनि हालतमा नेपालबाट फिर्ता हुनुपर्ने अडान लिएका छन् ।
बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजानिक सवारी नचलेकाे र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सदरमुकामका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्ला भित्र सीमित मात्रामा मोटरसाइकल चलेका छन्। विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वानकाे प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।
पाल्पाका चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन्।प्रहरी कार्यालय पाल्पाका अनुसार भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर प्रहरी परिचान गरिएकोे जनाएकाे छ ।
बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द साझ ५ बजेसम्म हुने साे पार्टीले जनाएकाे छ । बन्द सफल बनाउन साे पार्टीका कार्यकर्ताले मंगलबार साँझ पाल्पामा मसाल जुलुस समेत गरेका थिए ।
बन्दले यात्रुले सास्ती बेहाेर्नु परेकाे छ । आफ्नाे गन्तव्यमा जाने यात्रुहरूले सवारीसधान नचल्दा सास्ती बेहाेर्नु परेकाे हाे ।













