पाल्पा- रिब्दिकोट गाउँपालिकाको आयोजना र स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पाको समन्वय तथा सहजीकरणमा मेलमिलापकर्ताहरुलाइ ८ दिने तालिमको समापन कार्यक्रम रिब्दिकोट गाउँपालिकामा सम्पन्न भएको छ।गत असार १ गतेदेखि संचालन गरिएको कार्यक्रममा न्यायीक समिति सदस्य र रिब्दिकोटका वार्ड्का २४ जना गरि २७ जनाको सहभागीता रहेको थियो।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारिको अध्यक्षता ,गाउँपालिका प्रमुख नारायण बहादुर कार्किको प्रमुख आतिथ्यता , न्यायीक समिति सदस्य भरत बहादुर जिसिको विशिष्ट आतिथ्यता,सदस्य सिता कुमाल डा राम बहादुर राउत ,अधिवक्ता अजयमान कर्माचार्य , अधिवक्ता ममतादेवि शर्मा,अधिवक्ता अनिल किसोर घिमिरे, बिष्णु कार्कि लगायतको आतिथ्यमा कार्यक्रम सम्पन भएको हो। कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका प्रमुख नारायण बहादुर कार्किले रिब्दिकोट्का विवादका विषय अब नेपाल सरकारले थालेको मेलमिलाप केन्द्रको अवधारणा वार्डमा गठन हुने मेलमिलाप केन्द्र मार्फत साकार हुने बताउनुभयो ।
उपाध्यक्ष एवं न्यायीक समिति संयोजक कान्ता अधिकारिले रिब्दिकोट गाउँपालिकाले समाजमा लुकेका विवादहरु र हुने विवाद का विषय मा मेलमिलाप कायम गरि समाजलाई परिवर्तनसिल समाजमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा अधिवक्ता अनिल किसोर घिमिरेले मेलमिलाप केन्द्रको अवधारणामा बुद्धको मार्गदर्शन जोडिएको साथै मेलमिलापकर्ताको दृष्टि बुद्धको जस्तै हुनुपर्नेमा जोड दिनुभयो। मेलमिलाप कर्ता कृष्ण प्रसाद अधिकारिले रिब्दिकोट गाउँपालिका ले तालिमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै मेलमिलापको बाटोबाट समस्याको समाधानमा असल मेलमिलापकर्ताको जिम्मेवारीले पुरा गर्ने साथै स्थानीय सरकारले गाउँ गाउँ न्यायको अवधारणामा बलियो साथ दिनुपर्ने जिकिर गर्नुभयो। महिला तर्फबाट मेलमिलापकर्ता ससि ज्ञवालिले महिला चुलोमा मात्र सिमित नभई समाजमा भएका अन्यायलाई पनि समाधान गर्न सक्छ्न भन्ने बिश्वास ८ दिने तालीमले आभाष गराएको बताउनुभयो। कार्यक्रममा न्यायिक संयोजकलाइ प्रमुख अतिथिबाट र मेलमिलापकर्ताहरुलाइ न्यायिक समिति संयोजक कान्ता अधिकारिले सपथ ग्रहण गराउनु साथै सहभागीलाई प्रमाणपत्र समेत दिइएको थियो। सहभागी प्रशिक्षकलाई पाल्पालि ढाका टोपि र दोसल्लाले संमान गरिएको थियो। समापन कार्यक्रमको संचालन रुकलाल भट्टराईले गर्नुभएको थियो।












