नवराज ज्ञवाली पाल्पा - रिब्दिकाेट गाउँपालिकाकाे भैरवस्थान पूर्णाकाेटस्थित रहेको पूर्णाकाेट संरक्षण सम्वद्धन तथा विकास समितिकाे पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
रिब्दिकाेट गाउँपालिका वडा नम्बर ४,भैरवस्थानकाे पूर्णाकाेटमा रही पाल्पाको पश्चिमक्षेत्र सेन स्वशासित राज्य रहेका स्थानलाई कार्यक्षेत्र बनाइ ऐतिहासिक,पुरातात्त्विक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्दै धार्मिक सांस्कृतिक पर्यटन विकास गर्ने उदेश्य लिएर स्थापना भएको समितिले कार्यक्षेत्र अनुसार संस्कृति पर्यटनको क्षेत्रमा काम आएको छ।
संस्था स्थापनाकाे पाँचौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन सम्पन्न गर्न उद्घाटनकाे कार्यक्रम सम्पन्न गरे संगै पुरानो समितिलाई भंग गरि तीन सदस्यीय निर्वाचन समिति चयन गरेको हाे । निर्वाचन समितिमा संयाेजक दुर्गाप्रसाद खनाल सदस्यद्वय चिरञ्जीवी अमात्य र तेजबहादुर पाेखरेल रहनुभएकाे छ।

विकास समितिकाे पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट ९ सदस्यीय समिति निर्वाचित गरेको छ। अध्यक्ष गंगाप्रसाद गाैतम,उपाध्यक्ष कृष्णप्रसाद नेपाल,सचिव तुलबहादुर अधिकारी,सह-सचिव नवराज ज्ञवाली,काेषाध्यक्ष लक्ष्मी खनाल र सदस्यहरू विष्णुप्रसाद खनाल,गीता ढकाल खनाल,टीकाराम विक र अनु पाेखरेल निर्वाचित हुनुभएको छ। संस्थाकाे विधानमा व्यवस्था भए अनुसारको निर्वाचित समिति बैठकले २ जना सदस्यलाई समितिमा मनाेनित गर्नेछ ।

पूर्णाकाेट संरक्षण,सम्वद्धन तथापर्यटन विकास समितिकाे पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि एवं रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले सेनकालीन इतिहास रहेको पूर्णाकाेट-रिब्दिकाेट लगायत क्षेत्रमा गर्न सकिने कामकाे बारेमा याेजना स्पष्ट उद्धेश्य खुलाएर खाका तत्कालै गर्न सकिने कामहरू केके हुन् र ती काम गर्न के कति
रकम आवश्यक पर्ने हाे कुन योजनालाई प्राथमिकता दिनुपर्ने हाे स्थानीय सरकारले नीति याेजना तथा बजेट निर्माण गर्दा हामीले
राख्नुपर्ने प्राथमिकता बारेमा समितिकाे धारणा र काम गर्न सक्ने याेजना माग गर्नलाई अनुरोध गर्दै यसक्षेत्रकाे विकासमा स्थानीय सरकार सधैं तयार रहेको बताउँनुभयाे। उहाँले समितिकाे पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनकाे उद्घाटन मन्तब्य राख्नुहुँदै यहाँकाे विकास एवं पर्यटकीय गन्तव्य स्थलकाे रूपमा समितिले गरेको काम र याेगदान महत्त्वपूर्ण रहेको भन्दै प्रसंशा
गर्नुहुँदै भन्नुभयो धार्मिक साँस्कृतिक ऐतिहासिक पर्यटकीय स्थल सम्पदाकाे संरक्षण महत्त्वपूर्ण विषय रहेकोले समितिले गर्ने काम
गतिविधिमा हामीले सकेको सहयोग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कार्कीले पूर्णाकाेट विकासका लागि याेजना प्राथमिकता गर्दा हामीले यसक्षेत्रलाई विशेष ध्यान दिएर केही न केही याेजना अनुसार बजेट व्यवस्था गरिरहेकाे बताउँनुभयाे । कार्यक्रमका विशिष्ट अतिथि एवं रिब्दिकाेट गाउँपालिका -४/नं. वडा अध्यक्ष साेमबहादुर कार्कीले पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनकाे शुभकामना मन्तब्य राख्नुहुँदै पूर्णाकाेट ऐतिहासिक सेन राजधानी मात्र नभएर यसवडाकाे महत्त्वपूर्ण अक्षुण्ण सम्पत्ति सम्पदाको रूपमा रहेकोले यहाँकाे प्राकृतिक सुन्दरता र जैविक विविधताकाे संरक्षण र विकास महत्त्वपूर्ण रहेकाले पनि वडाको सामर्थ्यले भ्याएसम्म बजेट विनियोजन र समन्वय गरिएको बताउँदै यहाँकाे वृहत् विकासका लागि संघ र प्रदेश सरकारसंगकाे विशेष याेजना बजेट माग भइरहेको त्यस कार्यमा आफू र वडा जनप्रतिनिधि लागिपरेकाे बताउँनुभयाे।
कार्यक्रममा स्थानीय स्तरमा क्रियाशील पार्टीहरू राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एमाले,नेकपाका पार्टी प्रमुख एवं प्रतिनिधिहरू चिरञ्जीवी अमात्य,विष्णुप्रसाद खनाल,नेवबहादुर वली नविनले आ-आफ्नो धारणा सहितको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम समितिका अध्यक्ष गंगाप्रसाद गाैतमकाे स्वागत सहितको अध्यक्षतामा भएको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा सचिव कृष्णप्रसाद नेपालले समितिकाे वार्षिक प्रगति प्रतिवेदन र काेषाध्यक्ष लक्ष्मणप्रसाद काेईरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । प्रस्तुत दुबै प्रतिवेदन माथि छलफल सहित सभामा पारित गरिएको छ।
साधारणसभा तथा तेस्रो अधिवेशन कार्यक्रम संस्थाका सचिव कृष्णप्रसाद नेपालकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।













