सुमित्रा कंडेल ,पाल्पा असार ५,
दृष्टिविहिन बालबालिकाहरुका लागि आयोजित बालहिंसा ,दुव्र्यवहार र आत्मरक्षा विसयक २ दिवसिय तालिम दमकडा नमूना माध्यमिक विद्यालय तानसेन ९ दमकडामा सम्पन्न भएकाे छ।
तालिम नेत्रहिन महिला संघ नेपालको आयोजनामा सम्पन्न भएको हो किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। नेत्रहिन महिला संघ नेपालका अध्यक्ष सीता सुबेदिले किशोरीहरुलाई मानसिक र शारिरीक रुपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाले विद्यालय तहमा सचेतना सम्बन्धी विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गरी विद्यालयस्तरमा नै विद्यार्थीलाई सशक्त बनाउने बताउँदै पालिकामार्फत विकास निर्माण सँगसँगै शिक्षा, स्वास्थ्य, जनचेतनालगायत क्षेत्रमा जोड दिइएको बताउनुभयो। आगामी दिनमा पनि सचेतनामूलक विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने उहाको भनाइ छ ।
तालिम को समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङजालिले तालिममार्फत समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिदै उहाले पालिकाबाट महिला र किशोरीहरुलाई सचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले तानसेन नगरपालिका ले दृष्टिविहिनलाई लक्ष्यित गरि नीति तथा कार्यक्रम ब्रेललिपीमा पनि नियमित प्रकाशन गरेको बताउदै हरेकक्षेत्रमा अवसर समानुपातिक सहभागिता, अपांग भएका ब्यक्तिलाइ उपचार गर्न अस्पताल जादा आउदा भाडाको व्यवस्था ,स्वास्थ बिमाको व्यवस्था गरेको बताउनुभयो।आगामी दिनमा नगरपालिका मा दोभाशेको व्यवस्था गर्न लागेको बताउनुभएको थियो।
सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, आगामी वर्षको वार्षिक नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरेर सचेतनाका कार्यक्रमहरु थप सञ्चालन गरिने सिङ्जालिले बताउनुभयो। उहाँ ले सहभागी किसोरकिशोरीहरुलाई तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो ।
तालिममा आत्मरक्षा सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो।तालिम समापनमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले विगतमा दृस्टीविहिन छात्रावास संचालन गर्दा विभिन्न अवस्थाको स्मरण गर्दै अहिलेसम्म आइपुग्न अनेक अवरोध पार गर्दै आएको बताउनुभयो ।यश तालिमपछि दृष्टिविहिन बालबालिका समग्र बिकासमा सहयोग पुग्ने बताउदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने र विद्यालय तथा वडाको तर्फबाट सक्दो सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
सोही अवसरमा प्राध्यानाद्य्यापक मोहन सापकोटा,दृस्टीविहिन शिक्षक कृष्ण पराजुलीले दृष्टिविहिन छात्रावास संचालनका लागि भौतिक पुर्वाधारको अभाव नभए पनि दैनिक पठनपाठनमा आवश्यक सामग्रीको कमि भएकोले आगामी दिनमा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो।अपांग भएका बिद्यार्थिका लागि यस्ता तालिमले दैनिक जिवनयापनमा सहज हुने बताउदै आयोजक सस्थाप्रती आभारी रहेको बताउनुभयो।२ दिनसम्म चलेको तालीममा विद्यालयमा अध्ययनरत दृष्टिविहिन २० जना विद्यार्थी सहभागी रहेका थिए। तालिममा सहभागी साजन पराजुलि र रचना ज्ञवालिले तालिममा धेरै कुरा सिक्न पाएको बताउदै तालिम प्रभावकारी भएको बताएका थिए।यस्ता तालिम आगामी दिनमा पनि निरंतरता हुनुपर्नेमा जोड दिएका थिए।













