विष्णुप्रसाद घिमिरे
पाल्पा, ३, असार
पाल्पा क्षेत्र २ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पुराना ऐन र कानुनहरु संसोधन नहुँदासम्म जनतामा गणतन्त्र आएको महसुस नहुने बताउनुभएको छ । सांसद गैरेले २०२८ सालदेखीका कानुनहरु भएको बताउँदै समय सापेक्ष परिवर्तन नभएसम्म नागरिकमा गणतन्त्रको प्रत्याभुति नहुने बताउनुभएको हो । गैरेले आफु सांसद भएपछी तीनवटा क्षेत्रहरुमा काम गरेको उल्लेख गर्नुभयो । ‘मैले नागरिकका समस्यालाई सदनमा छलफलको विषय बनाएको छु, बाँदर नियन्त्रण देखी स्वास्थ्य विमा सम्मका विषयमा सदनमा गहन छलफल भई कतिपय कानुन निर्माण र परिमार्जनको चरणमा छन् ।’ सांसद गरैले भन्नुभयो, ‘ऐन, कानुनहरुको निर्माण र विकासका लागि केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म भूमिका खेलेको छु ।’
निर्वाचित भएपछीको पहिलोवर्ष आफुले सोचेजती वजेट ल्याउन नसकेको भन्दै, सांसद गैरेले यो वर्ष आफ्नो निर्वाचन क्षेत्रमा वजेट बढाउन सफल भएको दावी गर्नुभयो । ‘प्रर्याप्त छैन् तर गत वर्षको तुलनामा मेरो निर्वाचन क्षेत्रमा वजेटको अंक बढेको छ ।’ पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका ८ नं। वडा कार्यालय भवनको उद्घाटन गर्दै सांसद गैरेले जनताका साझा सवालहरुमा स्थानीय तहदेखी केन्द्रसम्मै समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वोल्दै वगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले जनताको अपेक्षा अनुसार नै कामहरु गर्दै आएको बताउनुभयो । चिदीले विकास निर्माण पहिलो प्राथमिकता भएपनि जनताको जनजिवीका संग जोडिएको विषयमा गाउँपालिकाले काम गर्दै आएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले संघिय र प्रदेश सांसद बगनासकालीबाटै पाउनु यो क्षेत्रका नागरिकका लागि बरदान जस्तै भएको बताउदै, केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो क्षेत्रको विकासमा हात्तेमालो गरिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवत्ता टीका थापा, नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष, गणेश बस्याल, प्रेस चौतारीका केन्द्रिय अध्यक्ष कमलराज तिमिल्सिेना, तत्कालिन जिल्ला विकास समितिका सदस्य पोषकान्त बस्याल लगायतले बोल्दै बराङ्गदीमा स्वास्थ्यचौकी भवन निर्माण, वडा भवन सम्म भएपनि सडक कालोपत्रे लगायतका कामहरु अगाडी बढाउनुपर्ने बताएका थिए ।
१० वर्षे शसस्त्र द्धन्दपछी स्थापीत तत्कालिन शान्ती तथा पुननिर्माण मन्त्रालयबाट निर्माण भएको भवनको उद्घाटन आज गरिएको हो । तत्कालिन बराङ्गदी गा।वि।स। हुँदा निर्माण भएको गाविस भवन २०७४ सालमा राज्य पुनःसंरचना भएपछी बगनासकाली गाउँपालिकाको ८ नं। वडा भवन भएको थियो । बगनासकाली गाउँपालिका ८ नं। वडाका तत्कालिन गणेश प्रसाद बस्यालको अध्यक्षताको वडा समितिले पहिलो कार्यकाल यसै वडाभवनबाट कार्यसम्पादन गरिसकेको छ । लगत्तै मोतिलाल बस्यालको अध्यक्षताको वडा समितिले पनि दोश्रो आर्थिक वर्षको कार्यसम्पादन यसै भवनमा गरिरहेको छ ।
तत्कालिन अवस्थामा भवन निर्माणको लागि श्रोत जुटाउने निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्याल, जग्गादाता कोशलराज बस्याल, वडा सचिव लेखनाथ अर्याल, तत्कालिन सर्वदलिय संयन्त्रमा रही काम गर्ने रवीलाल तिमिल्सेना, ओम प्रकाश घिमिरे, तुल्सी गिरी, केशवमणी बस्याल, तत्कालिन अवस्थामा सामाजिक परिचालनको भुमिका गर्नुहुने दयाराज न्यौपाने लगायतलाई दोसल्ला, प्रशंसापत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।














