पाल्पा असार १, रिब्दिकोट गाउँपालिकाको आयोजना र स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पाको समन्वय तथा सहजीकरणमा मेलमिलापकर्ताहरुलाइ ८ दिने तालिम आजबाट संचालन भएको छ। रिब्दिकोट गाउँपालिकाको कार्यालयमा सन्चालन भएको कार्यक्रममा रिब्दिकोट गाउँपालिकाका सबै वार्डबाट कम्तिमा ३ जना गरि २४ जना मेलमिलापकर्ताहरु,न्यायीक समिति सदस्य लगाएतको सहभागिता रहेको रिब्दिकोट गाउँपालिकाका सुचना अधिकारि तथा न्यायीक समिति सदस्य सचीव रुकलाल भट्टराईले जानकारि दिनुभयो।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारिको अध्यक्षता ,गाउँपालिका प्रमुख नारायण बहादुर कार्किको प्रमुख आतिथ्यता ,प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलको विशिष्ट आतिथ्यता , न्यायीक समिति सदस्य भरत बहादुर जिसि ,सदस्य सिता कुमाल डा राम बहादुर राउत ,अधिवक्ता अजयमान कर्माचार्य ,बिष्णु कार्कि लगायतको आतिथ्यमा कार्यक्रम सन्चालन भएको हो। कार्यक्रमको प्रशिक्षक डा राम बहादुर राउत ,अधिवक्ता अजयमान कर्माचार्य ,बिष्णु कार्कि रहेको कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत लेखनाथ पोखरेलले कार्यक्रमको बारेमा प्रकाश पार्दै सहभागीलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रमको संचालन रुकलाल भट्टराईले गर्नुभएको थियोे ।













