रुपन्देही जेठ १९,
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ रुपन्देहीको ७ औं साधारण सभा सम्पन्न भएको छ । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय अध्यक्ष भेष शंकर पुरीले भारतीय पूर्व सैनिकहरुलाई परेको समस्याको बारेमा केन्द्रले सहयोग गर्ने र भारत सरकारलाई पनि अनुरोध गरिने बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका उहाँले पेन्सनमा नाम छुटेको र नाम परिवर्तन गर्नु परेमा कल्याणकारी संघमा जानकारी दिनको लागि आग्रह गर्नुभयो । संघका जिल्ला अध्यक्ष लिला बहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रेमलाल गैरे, मानबहादुर पुन , गोपाल थापा, डोरबहादुर खड्का, होमबहादुर गलामी, शंकर भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रम मानबहादुर थापाको स्वागत तथा रवी विक थापाको सञ्चालनमा सम्पन्न भएको थियाे ।













