पाल्पा जेठ १९, माधव पाण्डे
सवारी सन्चालनमा महत्त्वपूर्ण भुमिका ,चालकको हुने गर्दछ । चालकले उल्लेखनीय भुमिका निर्भाह गर्दै आएका हुन्छन् । सयौं यात्रुलाई सुरक्षित यात्रा गराउने चालक कहिले असामाहिक निधन साथै परिवारमा अर्थिक अभावले स्वास्थ्यमा असर परी निधन पनि हुने गर्दछ । श्रीनगर यातायात सेवा कम्पनी प्रा.लिले भने असामाहिक निधन भएका चालक साथै अस्पतालमा उपचार गरि घरमा रहेको विरामी चालकलाई राहत लिएर घर घरमा पु्ग्ने गरेका छन्। पुर्वखोला गा पा ४ देविनगर निवासी,श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि द्रोरा सन्चालन जिप चालक धन ब. बाह्रघरेको घरमै असामाहिक निधन भएको थियो ।
बाह्रघरेको घरमा पुगि परिवारलाई प्रा लि का अध्यक्ष डिल ब साथै पदाधिकारीले राहात स्वरुप नगत २५००० दिनुभयो ।
साथै पुर्वखोला गा पा २ जल्पा साकिने निवासी यसै प्रा.लिका सवारीधनी, चालक विरामी रहेका सुर ब रानालाई घरमै पुगी राहत स्वरुप नगत १०००० हजार वितरण गर्नु भएको हो। सस्था अध्यक्ष डिल ब ढुङ्गा साथै पदाधिकारी द्वारा राहत बितरण गरिएको सस्था का सचिब भबिन्द्र गौतमले जानकारी गराउनु भएको छ ।













