गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा ग २ च ३२६२ नम्बरको जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्सका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार, चन्द्रकोटबाट पुर्तिघाट तर्फ जाँदै गरेको डबल क्याप गाड आफै अनियन्त्रीत भई सडक देखि चार सय मिटर तल खसेको थियो । जस क्रममा गाडीमा सबार ८ मध्ये १ जना मृत्यु अन्य ७ जना मानिसहरु घाइते भएका थिए । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । बाँकी तीन जनाको अवस्था मध्यम रहेको छ ।













