पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका वार्ड न ३ झुम्सामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश महासंघको आयोजनामा महासंघको २९ औ स्थापना दिवसको अवसरमा आयोजित संमान कार्यक्रम सम्पन्न भएको छ।
कल्पना भण्डारीको अध्यक्षता ,तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठ,तिनाउ ३ का वार्ड अध्यक्ष चित्र बहादुर थापाको विशिष्ट आतिथ्यता, तिनाउ गाउँपालिका सामुदायिक वन समन्वय समिति अध्यक्ष दल बहादुर गुरुङ,सामुदायिक वन उपभोक्ता महासंघ प्रदेस सदस्यहरु यम बहादुर थापा,गिता भट्टराई साबित्रा पाण्डे ,रोम बहादुर लम्तरि,तिनाउ गाउपालिका स्थानिय सामुदायिक वन महासंघ अध्यक्ष गोबिन्द प्रसाद पाण्डे लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रेम श्रेष्ठले वन छेत्रमा बिकास निर्माण कार्यमा वनको निति नियम अन्तर्गत जानुपर्ने भएकाले निर्माणकार्यमा ढिलाइ र भुक्तानीमा आइपर्ने समस्याको समाधानका लागि सामुदायिक वन उपभोक्ता महासंघले सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताउनुभयो ।साथै श्रेष्ठले धेरै जसो तिनाउका सामुदायिक वनले गाउँपालिका मा तिर्नुपर्ने राजस्व रकम नतिरेको समेत बताउनुभयो ।
विशिष्ट अतिथि चित्र बहादुर थापाले वार्डबाट वन उपभोक्ता समितिलाई सक्दो सहयोग गर्दै आएको र आउदा दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।अतिथि दल बहादुर गुरुङले आम्दानीको श्रोतका लागि वनमा रहेका विभिन्न प्रकारका जडिबुटी लगायत थप आमदानी दिने बोटबिरुवा रोपण लगायत मा विशेष भुमिका महासंघले खेल्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बिपन्न र जेहेन्दार ६ जना विद्यार्थीहरुलाइ कापि कलम झोला बितरण गरि संमान गरिएको थियो।













