बुधबार एक औपचारिक कार्यक्रमका बिच तालिमको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले महिलाहरू पनि पुरुष सरल समाजमा अगि वढ्नु पर्ने वताए । तालिमले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकासमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास श्रेष्ठले व्यक्त गरे । नेपालको संविधानले समेत महिलाहरूलाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेकाले संवैधानिक व्यवस्था अनुरूप हरेक महिलाहरू नेतृत्वमा आउनुपर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा तानसेन –१ का वडा अध्यक्ष तथा पाल्पा जेसिजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्यालले जेसिजकै कारण अहिले वडाको नेतृत्व गर्न सफल भएको बताउदै जेसिजले युवाहरूको नेतृत्व र क्षमताको विकास गर्ने काम गर्दै आएको वताए ।
तालिम प्रमुख प्रशिक्षक जेसिज वर्ष २०२३ की केन्द्रीय कार्यकारी उपाध्यक्ष जेसी रजनी थापा र सहायक प्रशिक्षक जेसिज पाल्पा वर्ष २०२४ की उपाध्यक्ष जेसी कला दाहालले प्रशिक्षण दिइरहेका छन् ।
कार्यक्रममा तानसेन –२ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ, ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, ४ का वडा अध्यक्ष हेमन्तराज शाक्य, ६ का वडा अध्यक्ष सागरमान महर्जन, ७ का वडा अध्यक्ष प्रदिप खनाल लगायतको उपस्थिति रहेको थियो । जेसिज पाल्पा वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, तानसेन–५ का कार्यवाहक वडा अध्यक्ष मानबहादुर कार्कीको स्वागत, जेसिज पाल्पा बर्ष २०२४ का महासचिव बिजय कार्कीको सञ्चालनमा तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । तालिम विहीबार समापन हुनेछ ।













