जेठ १६, पाल्पा
तानसेन खानेपानी उपभोक्ता समितीले अब घरको नक्सा पास हुनासाथ उपभोक्तालाई धारा जडान गरिदिने भएको छ । बुधवार ६ महिनाको कार्य प्रगतिको बिषयमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दीइएको हो ।
हाल दैनिक माग २६ लाख लिटर माग रहेको र दैनिक १९ लाख लिटर पानी सँङ्कलन हुने गरेकोले दिन बिराएर पानी बितरण गर्ने गरिएको समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । तानसेनमा हाल सम्म ४४३० धारा बितरण गरिसकिएको श्रेष्ठले जानकारी दिनुभयो।













