काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताउनुभएकाे छ ।
नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताउनुभयाे ।
उहाँले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राख्नुभयाे । एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उहाँले नेताहरूले नै यसको बिरोध गरिरहेको उहाँको भनाई छ । उहाँले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताउनुभयाे ।
उहाँले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गर्नुभयाे ।













