पाल्पा — कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले ९ बुँदे आदेश शुक्रबार जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले पुष २८ गते र माघ ६ गते जारीे गरिएको आदेशमा उल्लेख भएको विषय मध्य जनस्वास्थ्यका सुरक्षा पालना गर्ने गरी फागुन १ गतेबाट लागु हुने गरी ९ बुँदे आदेश जारी गरेको हो । कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले फागुन १ गतेबाट लागु हुने गरी सूचनामार्फत आदेश जारी गरेको छ ।
जारी आदेशमा विश्वविद्यालय, कलेज र विद्यालय वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु भौतिक उपस्थितमा गर्न सकिने, १२ वर्ष पुरा नभएका अर्थात कोभिड विरुद्धको खोप नपाएका विद्यार्थीहरुलाई भौतिक उपस्थितमा विद्यालय संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड विशेष रुपमा पालना गर्नुपर्ने,विवाह व्रतबन्ध र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम गर्दा १०० जना नबढ्ने गरी संचालन गर्ने,सिनेमाहल, डानसवार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिड पुल, फुटसल, पटक हाटबजारमा क्षमता भन्दा बढी नहुने गरी तोकिएको समय सम्म मर्यादित रुपमा सञ्चालन गर्ने, गोष्ठि, सेमिनार समीक्षा बैठक जस्ता क्रियाकलाप एक पटकमा बढिमा १०० जना सम्म उपस्थित भई गर्ने,मठ, मन्दिर, मस्जित, गुम्वा, चर्च आदि धार्मिक स्थलमा एक पटकमा ५० जनामा नबढ्ने गरी पुजा गर्न सकिने,खेलमैदानमा दर्शक क्षमता भन्दा बढि नहुने गरी खेलकुद कार्यक्रम गर्न सकिने,सार्वजनिक यातायातका यात्रुवाहक सवारी साधन यात्रु र होटल व्यवसाय, रेष्टुरेन्ट, खाजाघर, अन्य व्यवसाय र सार्वजनिक निकायले सेवा प्रदान गर्दा पूर्व मितिका आदेश पालना गर्ने र अन्य विषयमा डि.सि.सि.एम.सि.को मिति २०७८।९।२८ का निर्णय र यस पूर्वका आदेशमा उल्लेख छ ।
हेर्नुहोस सुचना














