काठमाडौँ, वैशाख २७
एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना नेपाल सरकारले प्राप्त गरेको छ । सरकारले यो रकम स्वास्थ्य क्षेत्र सुधारका लागि ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।
सरकारले प्राप्त गरेको अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो।डा. बुढाथोकीका अनुसार परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने छ । बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ।














