दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ज्यान जाने ५ जनाको मृत्यु भएको छ । गयराती करिब पौने २ बजे आगलागीमा परी चार पुरुष र एक बालिकाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुल्सिपुर उपमहानगर पालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ वर्षीय हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि,६ वर्षका आबिददीन अलि रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ । उनीहरुको उद्दार गर्न पुगेका सोही ठाउँ निवासी ३८ वर्षिय अमर डाङी अचेत अवस्थामा भएको र उनको उपचार भैरहेको छ ।













