फागुन ३०, बुधवार
पाल्पा,मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था र तानसेन नगरपालिका वडा नं.९ दमकडाको आयोजनामा आगामी चैत ३ गते दोस्रो कृषि मेला प्रर्दशनी गरीने भएको छ ।
कृषि उत्पादन बढाऔ,परनिर्भरताको अन्त्य गरौ भन्ने मुल नाराको साथ दोस्रो कृषि मेला प्रर्दशनी टिन्टीआँपमा आयोजना गर्न लागिएको हो । दोस्रो कृषि मेलामा कृषि,रैथाने बाली,बाख्रा,कुखुरा,कृषि यन्त्र उपकरण,बिउ विजन,पशु रोग निदान,माटो परिक्षण जैविक प्रर्दशनी गरीने कृषि मेलाका संयोजक घनश्याम घिमिरेले जानकारी दिनु भयो । ग्रामिण क्षेत्रका कृषकलाई प्रोत्साहन गर्न र ग्रामिण क्षेत्रमा भएका कृषि बालीहरुलाई कृषकहरुले बजारीकरण गर्न सहयोग पुराउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको तानसेन नगरपालिका वडा नं.९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनु भयो ।
मेलामा तानसेन नगरपालिका वडा नं ९ का कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रीहरु प्रदर्शन गर्न सक्ने छन् । उक्त प्रदर्शनीमा उत्कृष्ट भएका कृषि बस्तुहरुलाई पुरस्कृत गरिने छ । दोस्रो कृषि मेला प्रर्दशनी टिन्टीआँपमा घरपालुवा पशुहरुको निदान तथा विभिन्न रोगहरुको उपचार समेत गरिने मेलाका संयोजक घनश्याम घिमिरेले जानकारी दिनु भयो ।