पाल्पा- पाल्पाको माथागढी गाउँपालिका ५, आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका १६ का वर्ष २४ को प्रदिप कुमाल र सोही ठाउँका सहचालक वर्ष १८ का मनिष परियार रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।













