पाल्पा – पाल्पामा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रम्भा गाउँपालिकाका ३ जना, बगनासकाली गाउँपालिकाका १४ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका २१ जनामा कोरोना पुष्टि भएको हो ।
एन्टिजेन र पीसिआर विधिबाट गरिएको १ सय ४२ जनाको कोरोना परीक्षणमा थप ४७ जना नयाँ संक्रमित थपिएको र हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९६ पुगेको सूचना अधिकारी कृष्ण पोखरेलले बताउनुभयो । उहाँका अनुसार सक्रिय संक्रमितमध्ये ७ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा १५ जना संक्रमित भने संक्रमण मुक्त भएको छन ।













