पाल्पा - प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे ।
महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता कामले बिश्वासको अभाव भएको बताउनु भएको छ । उहाँले नेपाली पत्रकारिताको समाबेशी अवधारणा प्रेस चौतारीको अगुवाइमा भएको बताउनु भएको हो । उहाँले हालको महासंघ पत्रकारको हितमा नभएको दावी गर्नु भएको हो । अति हुदा खती हुन्छ सके मिल्छौ नत्र हामी एक्दिन निलदिन्छौ उहाँले भन्नू भयो । दृष्टिकोणमा स्पष्ट भएन भने ढुलमुल हुनसक्ने आसंका पैदा भएको बताउनु भएको हो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले संचार क्षेत्रले लोकतन्त्र वहालीका लागि खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । प्रदेश महासचिव निरु गौतमले पत्रकार महासंघले पेशा र व्यवसायलाई सुरक्षा दिने भन्दा पनि आस्थाको आधारले हटाउने गरेको आरोप लगाउनु भएको छ । उहाँले न्याय नभए समान्तर कमिटी समेत बनाउन सकिने उल्लेख गर्नु भयो
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रकारहरुको सदस्य राख्न नसकेको उल्लेख गर्दै सदस्य नभएपनी समाचार लेखनलाइ निरन्तरता लाग्न आग्रह गर्नु भएको छ । साधारणसभामा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेश संचार परिषदका अध्यक्ष यम गाहा मिलन प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना, निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ नेपाली कांग्रेस रामपुर नगरसमिति अध्यक्ष नेत्र भट्टराई, चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल लगायतले चौतारीले संचारक्षेत्र सहित समग्र विकासमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको थियो ।
औपचारिक कार्यक्रमको संचालन सह सचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य विजय वौडेलले गर्नु भएको थियो । जिल्ला अध्यक्ष कृष्ण कार्कीले संगठनको काम निरन्तर गरेको बताउदै आगामी दिनमा पत्रकारितालाइ व्यवसायिक बनाउन लागि पर्ने बताउदै आगामी दिनमा पत्रकार कल्याणकारी कोष बनाउने, चौतारी बुलेटिन प्रकासन गर्ने ,घुम्ती बैठक गर्ने , वैदेशिक अध्ययन अबलोकन भ्रमण गर्ने योजना रहेको बताउनु भएको छ ।
औपचारिक कार्यक्रमको समापनपछि भएको बन्दसत्रमा प्रस्तुत सह सचिव सन्तोष ज्ञवालीले प्रस्तुत सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष नेत्र गैरे द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको छ । साधारणसभामा प्रेस चौतारी लोगो अङ्गित पिन सदस्यहरूलाई वितरण गरिएको थियो ।
पाल्पाको रामपुर नगरपालिका खासगरी राम्चे सामुदायिक वन क्षेत्रमा चिडियाखाना निर्माण गरेर यहाँको थप स्तरोन्नति गर्न माग गर्ने, राम्दीदेखि नारायणघाटसम्म कालीगण्डकी नदीमा नियमित र्शुद्धिकरण अभियानलाई याफि्टङ संचालन गरेर पर्यटकलाई थप आकर्षण गर्न माग गर्ने, स्थानीय सरकार र पत्रकारबीच समन्वय र सहकार्य गरेर नगरको विकासमा लाग्न माग गर्ने,श्रमजीवी पत्रकारहरूको व्यवसायिकता र पेशागत सुरक्षाको ग्यारेन्टी गर्न तीन तहका सरकारसँग माग गर्ने, नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका नाममा‘सार्वजनिक’ गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको, महासंघले अभ्यास गर्दै आएको मूल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावली र केन्द्रीय महासंघले बनाएको १५ बुँदे शुद्धीकरण मापदण्डका आधारमा पाल्पा जिल्ला र प्रदेश महासंघले सिफारिस गरेको सदस्यता नवीकरण गर्न माग गर्ने तथा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश भरका संचार माध्यमलाई व्यवस्थित गर्न निर्माण गरेको सन्चार परिषदलाई व्यवस्थापन गर्ने र बजेट बिनियोजन माग गर्ने लगायतका ७ बुँदे घोषणापत्र जारी गर्दैे शाखाको दोस्रो साधारणसभा सम्पन्न गरेको हो।











