पाल्पा - पाल्पाकाे तिनाउ-२, बन्चरे पहाड नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका पुरूषकाे मृत्यु भएकाे छ । गम्भीर घाइते हुनेमा तिनाउ गाउँपालिका–२, बस्ने ४० वर्षका यमबहादुर थापामगरकाे उपचारकाे क्रममा गएराति मृत्यु भएकाे हाे ।
बिहीबार बेलुकी ६ बजेतिर बुटवलबाट लु २१ प ३८५८ नम्बरको मोटरसाइकलमा तिनाउ–२, तर्फ आउने क्रममा माेटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियाे । गम्भीर घाइते हुनुभएका थापाकाे लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भएपनि केही समयमै चिकित्सकले मृत घाेषणा गरेका थिए । उक्त माेटरसाइकल सडकदेखि ५० मिटर तल तिनाउ खोलामा खसेको प्रहरीकाे भनाइ छ ।











