पाल्पा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगरकमिटी पाल्पाले माघ १५ गते अर्थात भोली सोमबार रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कमिटीलाई चलायमान गराउन सम्पादन गर्दै आएका विभिन्न गतिविधिलाई निरन्तरता दिने क्रममा यस पटक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कमिटीका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा हुने कार्यक्रम साेमबार दिउँसो १ बजेदेखि जिल्ला हुलाक कार्याल पाल्पा अगाडि सुरु हुने छ ।
जसका लागि इच्छुक रक्तदाताहरुलाई उपस्थितिका लागि कमिटीले अनुरोध गरेको छ ।











